रोनाल्डोको नाममा रंगशालाको नाम नामाकरण हुने


२६ आश्विन २०७६, आईतवार
cristiano ronaldo 1v1eee3hpclft13hcwdk791jtk

काठमाडौं, २६ असोज (एजेन्सी) । पोर्चुगिज सुपर स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको नाममा रंगशाला नामाकरण गर्ने बताएका छन् । 

पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनले रोनाल्डो क्लबको एक सिम्वोल रहेको र क्लबको जोसे अलभालाडे स्टेडियम उनकै नाममा नामाकरण गर्ने तयारी भइरहेको स्पोर्टिङ लिस्वन क्लबका अध्यक्ष फेडरिको भरानडासले जनाएको छ ।

‘हाम्रो क्लबको सान रोनाल्डो अहिले व्यावसायिक फुटबलमा व्यस्त छन् । जुन दिन उनले सबै खाले फुटबलबाट सन्न्यासको घोषणा गर्नेछ । त्यसपछि उनको बाल्यकलको क्लब स्पोर्टिङको मैदानलाई रोनाल्डोको नाममा नामाकरण गर्ने प्रयास गर्नेछौं । रोनाल्डो हाम्रो गर्व हो । हाम्रो मात्र होइन उनी विश्वकै गर्विलो खेलाडी हुन् ।’

अध्यक्ष फेडरिकोले टुटो स्पोर्टस् टीभीसँगको अन्तरवार्तामा भने, ‘उनी लिस्वन एकेडेमीको उत्पादन मध्ये सबैभन्दा ठुलो ‘प्रतीक’ हुन्। उनकै सम्मानमा स्टेडियम रोनाल्डोको नाममा नामाकरण गर्ने विचार गरेका हौ । यसो हुन सके नयाँ पुस्ताका लागि पनि खेलमा लाग्न प्रेरित हुनेमा विश्वस्त छौं ।’


अध्यक्ष फेडरिकोले अहिले पनि स्टेडियमको वरिपरि रोनाल्डोको पोस्टरहरु राखिएको बताएका छन् । ‘उनी पोर्चुगलको खेलाडी हुन्। आधुनिक फुटबलको सर्वश्रेष्ठ खेलाडी हुन् । रोनाल्डो क्लब छाडेको १७ वर्ष पुरा भएको छ ।

रंगशाला रोनाल्डाको नाममा नामाकरण गरिए उनी पक्कै खुशी हुनेछन् ।’
अध्यक्ष फेडरिकोले थपेका छन् । ५० हजार दर्शक क्षमताको हालको जोसे अलभालाडे स्टेडियम क्लबको संस्थापक पहिलो सदस्यको नाममा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७