दरबार मार्गको क्लब भिक्ट्रीमा आगलागी


२६ आश्विन २०७६, आईतवार
victory club

काठमाडौं,२६ असोज। काठमाडौंको दरमार्गमा रहेको भिक्ट्री क्लबमा आगलागी भएको छ ।

बेलुका ६ बजेर १० मिनेट जाँदा आगोलागी भएको हो । दमकल, सर्वसाधारण र प्रहरीले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेको प्रहरीले बताएको छ । आगलागी अझै नियन्त्रणमा आएको छैन ।

क्लबमा साउन्डप्रुफ बनाउन प्रयोग गरिएका फर्म र प्लाइउडका कारण तत्काल आगो नियन्त्रण गर्न नसकिएको प्रहरीले जनाएको छ । प्रहरीले आगो लाग्नासाथ क्लबमा रहेका सबै मानिसलाई सुरक्षित साथ उद्धार गरेको जनाएको छ । विद्युत सर्ट हुदाँ आगो लागेको दरमार्ग प्रहरीले जनाएको छ । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७