स्थानीय निकायको काम सदरमुकामबाटै !


१० पुष २०७४, सोमबार
jajarkot 1

जाजरकोट । जाजरकोटका अधिकांश स्थानीय निकायका काम सदरमुकामबाटै हुने गरेका छन् । जिल्लाका त्रिवेणी नलगाड नगरपालिका र भेरी नगरपालिका बाहेक अरु स्थानीय निकायको काम सदरमुकामबाटै हुँदै आएको छ । सामान्य कामका लागि पनि सदरमुकाम आउनु पर्ने बाध्यता पूरानै भएको सेवाग्राहीको गुनासो छ ।

jajarkot 1गाउँमा कुनै सेवा सुविधा नभएका कारण यहाँका स्थानीय सरकारहरु सदरमुकामबाटै चल्दै आएका हुन् । बैंक, विद्युत, सञ्चारलगायतका सेवा, सुविधा नभएको भन्दै सदरमुकाममा नै स्थानीय सरकार चलाउनु परेको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले बताए । स्थानीय सरकारको अनुभूतिसम्म गर्न नपाएको बारेकोट गाउँपालिका–९ का रामबहादुर महतराले गुनासो गरे–‘ सबै कामका लागि हजारौं रकम खर्चेर सदरमुकाम नै आउनु पर्छ के नयाँ व्यवस्था आयो भन्नु ?’ त्यस्तै जुनिचाँदे गाउँपालिकाका सबै काम सदरमुकाममा हुँदै आएका छन् ।

त्यहाँका स्थानीयबासी सामान्य कामका लागि पनि सदरमुकाम नै आउनुपर्ने बाध्यता रहेको बताउँदै आएका छन् । शिवालय गाउँपालिका, छेडागाड नगरपालिका, कुशेगाउँपालिकाका सबै काम सदरमुकामबाटै हुँदै आएका छन् । स्थानीयस्तरमै सबै काम हुने भनिए पनि अहिलेसम्म ९० प्रतिशत काम सदरमुकाममै हुँदै आएका छन् । वडा कार्यालय समेत स्थापना हुन नसक्दा सबै काम एकै ठाउँबाट हुँदै आएको छ । कर्मचारीको अभावले गर्दा समस्या भएको बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७