समाजसेवी सम्झनाले पाइन नयाँ जीवन


१० पुष २०७४, सोमबार
doctor gp netherlands

काठमाण्डौं : सडक बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी एक सामाजिक अभियन्ताले नयाँ जीवन पाएकी छिन् । ब्रुसेला भाइरस नामक रोगबाट पीडित सम्झना सापकोटालाई समाजसेवी दुर्गानाथ दाहालमार्फत नर्भिक अस्पतालले निःशुल्क उपचार गरेपछि नयाँ जीवन पाएकी हुन् ।

doctor gp netherlandsहेटौंडाको मानवसेवा आश्रममा आफ्नो जीवन समर्पण गरेर सडक बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी अभियन्ता सापकोटालाई केही समयअघि उक्त रोगबाट पीडित बनेकी हुन् । शुरुमा हेटौैंडा र चितवनमा उपचार गराए पनि रोग निको नभएपछि समाजसेवी दाहालको पहलमा नर्भिक अस्पतालले उनलाई निःशुल्क उपचार गरेको हो । अहिले उनी १४ दिनको उपचारपछि पूर्णरुपमा निको भएर आश्रम फर्केकी छिन् । उक्त रोगको उपचार सेवा अत्यन्त महँगो पर्ने गरेको छ । अस्पतालले सापकोटाको उपचारमा करीब १४ लाख खर्च गरेको अस्पतालकी निर्देशक मेघा चौधरीले जानकारी दिइन् ।

यो रोग लागेपछि शुरुमा टाउको दुख्ने, शरीर सुन्निने, रिंगटा लाग्ने लक्षण देखिने केही समयमै मिर्गौला र कलेजोले काम नगरी बिरामीको मृत्यु हुने अस्पतालले जनाएको छ । यो रोग लाखौंमा कसै–कसैमा मात्र देखिने अस्पतालले जनाएको छ । रोग निको भएर अस्पतालबाट डिस्चार्ज भएकी सापकोटाले भनिन्–‘मेरो आफ्नो प्रयासबाट उपचार गर्न सम्भव थिएन, निर्देशक चौधरी र समाजसेवी दाहाल मेरो लागि भगवान् जस्तै हुनुभयो, अबको बाँकी दिन समाजसेवामै बिताउँछु ।’

शुरुमा सापकोटालाई आश्रमले नै करीब दुई लाख जति हेटौंडा र चितवनमा उपचारका क्रममा खर्च व्यहोरेको भए पनि काठमाण्डौं ल्याएपछि उपचार खर्च महँगो पर्ने भएपछि उपचार खर्च व्यहोर्न नसकेको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारले जानकारी दिए । यसअघि पनि दाहालको पलहमा अस्पतालले विभिन्न व्यक्तिको निःशुल्क उपचार गरिसकेको बताउँदै निर्देशक चौधरीले आगामी दिनमा यस्ता कार्यलाई निरन्तरता दिने बताए । केही दिनअघि पनि दाहालले वीर अस्पतालको शैंयामा उपचार खर्च नभएर छटपटाइरहेका एक बिरामीको उद्धार गरी नर्भिक पु¥याई निःशुल्क उपचार गराएका थिए । उपचारपछि मदन नाम बताउने उनलाई परिवार नभेटिञ्जेल मानव सेवा आश्रमले लालनपालन गर्ने जिम्माका साथ राखेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७