घाँस काट्न गएकी महिलाको हत्या गरी गहना लुट्ने व्यक्ति पक्राउ


२७ आश्विन २०७६, सोमबार
tikasari gurung muder and lutpat

बुटवल, २७ असोज । गत असोज १७ गते घाँस काट्न जंगल गएकी एक महिलाको हत्या गरी सुनका गहना लुट्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

बुटवल ज्योती नगरकी टिकीसरि गुरुङको हत्यामा संलग्न एक जनालाई बुटवल प्रहरीले पक्राउ गरेको हो ।

 प्रहरीले हत्याको आरोपमा हेटौँडा उपमहानगरपालिका– ६ घर भई हाल बुटवल ज्योतिनगर बस्ने ४२ वर्षीय राम लामालाई पक्राउ गरेको छ ।

उनले टाउकामा हँसिया प्रहार गरी मुखमा कपडा कोचेर गुरुङको हत्या गरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।

लामालाई असोज २५ गते नुवाकोटको बेलकोटगढीबाट पक्राउ गरिएको उनले बताए । लामाको साथबाट टिकीसराको हत्यामा प्रयोग भएको हँसिया, कानमा लगाउने सुनका रिङ बरामद गरिएको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए । लामालाई हिरासतमा राखेर कर्तव्य ज्यान र डाँका चोरी मुद्दामा अनुसन्धान भइरहेको छ ।

लामामाथि गुरुङलाई धारिलो हँसिया प्रयोग गरि हत्या गरेको अभियोग लगाइएको छ । गुरुङको हत्या गरगहना लुट्ने उद्देश्यले गरेको प्रहरीले आरोप छ ।

गुरुङले लगाएको गरगहना समेत लुटपाट भएका कारण पक्राउ परेका लामालाई कर्तव्य ज्यान र डाँका चोरी अभियोगमा मुद्दा चलाई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लामाले बुटवल लक्ष्मीनगरमा नै बसेर ज्यामी काम गर्ने गरेका थिए ।   

घरबाट बाख्रा चराउन गएकी गुरुङ साँझसम्म घर नफर्किएपछि खोज तलास गर्ने क्रममा लक्ष्मीनगर सामुदायिक जङ्गलमा उनको शव भेटिएको थियो ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७