सशर्त नेपाल क्रिकेट माथिकाे निलम्बन फुकुवा गर्ने आईसीसीको निर्णय


२७ आश्विन २०७६, सोमबार
icc board meeting

 काठमाडौं, २७ असोज। अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)माथिकाे  निलम्बन सशर्त फुकुवा गरेको छ ।

दुबईमा सोमबार बसेको आईसीसी बोर्ड बैठकले नेपाल र जिम्बाब्वेको निलम्बन फुकुवाको निर्णय गरेको हो । आईसीसीले २०१६ मा नेपाललाई निलम्बन गरेको थियो ।

आईसीसीका अध्यक्ष शशांक मनोहरले भने, ‘नेपालमा भएको प्रगतिलाई मध्यनजर गर्दै अब एसोसिएट सदस्यताको सबै मापदण्डहरु पालना गर्न नेपाल क्रिकेट संघको संक्रमणकालीन योजना बनाइनेछ, जसमा नियन्त्रित फण्डिङ पनि हुनेछ ।’

नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन भएको झन्डै साढे तीन वर्ष भएकाे थियाे  ।  यो निलम्बनपछि आईसीसीकै अगुवाईमा विधान संशोधन हुनुका साथै हालै भएको निर्वाचनले चतुरबहादुर चन्दको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति बनाएको थियो ।

 यसअघि आइसिसीले निर्वाचनसहित पारदर्शिता र चुस्त व्यवस्थानलाई पनि शर्तका रुपमा राख्दै आएको छ । २०७२ को मंसिरमा क्यानको निर्वाचनले चन्दलाई नै अध्यक्षका रुपमा निर्वाचित गरेपछि पछिल्लो विवाद सुरु भएको थियो ।

पुषमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले क्यान पूर्नगडन गरेपछि विवादले नयाँ रुप लिएको थियो । निर्वाचत समिति अदालत गएपछि क्यानको दोहोरो अस्तित्व देखिएको थियो । नेपालको अन्तरिक विवादकाबीच आइसिसीले २०७३ वैशाखमा क्यानमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७