नेपाल आज जोर्डनसँग भिड्दै


२८ आश्विन २०७६, मंगलवार
nepal

काठमाडौं, २८ असोज । विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज (मंगलबार) जोर्डनको सामना गर्दैछ ।

अम्मान अन्तर्राष्ट्रिय रङ्गशालामा नेपाली समयअनुसार राति ९ बजेर ४५ मिनेटमा नेपाल र जोर्डनबीचको खेल शुरु हुनेछ ।

पाँच पटक विश्वकप खेलिसकेको राष्ट्र अष्ट्रेलियासँग ५ शून्य गोलको हार ब्यहोरेको नेपाल त्यतैबाट जोर्डन पुगेको हो । जोर्डनलाई उसैको घरेलु मैदानमा रोक्ने लक्ष्यमा नेपाल रहेको छ ।

त्यसो त सन् २०११ को जुलाई २३ मा विश्वकप छनोटको दोस्रो चरणमा जोर्डनसँग उसैको घरेलु मैदानमा ब्यहोरेको ९ शून्यको हारको बदला लिने दाउमा पनि नेपाली टिम छ ।

नेपालले आफ्नो पहिलो खेलमा कुबेतसँग ७ शन्यको हार ब्यहोरेको थियो भने दोस्रो खेलमा चाइनिज ताइपेईलाई २ शून्य गोलले पराजित गरेको थियो ।

समूह ‘बी’ मा रहेको नेपालले तीन खेलबाट दुई खेलमा हार र एक खेलमा जितसहित ३ अंक बनाएको छ । शीर्ष स्थानमा अष्ट्रेलिया, दोस्रो स्थानमा कुबेत, तेस्रो स्थानमा जोर्डन रहँदा चौथो स्थानमा नेपाल छ । त्यस्तै पुछारमा चाइनिज ताइपेई रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७