रोनाल्डोले रचे सात सय गोलको इतिहास


२८ आश्विन २०७६, मंगलवार
ronaldo 1

काठमाडौं, २८ असोज । फुटवलका विश्व चर्चित स्टार क्रिष्टियानो रोनाल्डोले आफ्नो खेल जीवनमा सात सय गोल गर्दै नयाँ इतिहास रचेका छन् । सोमबार राति युक्रेनविरुद्ध गोल गरेसँगै उनले आफ्नो करिअरको ९७३ खेलबाट सात सय गोल पूरा गरेका हुन् ।

उनले आफ्नो देशको लागि ९५ गोल पूरा गरेका छन् । उनले आफ्नो करिअरमा यस्तो रेकर्ड राख्न सफल भए पनि पोर्चुगल युरोकप छनोटमा युक्रेनसँग पराजित हुन पुगेको छ ।

समूह ‘बी’ मा रहेको पोर्चुगलले सोमबार राति युक्रेनसँग उसैको भूमिमा २-१ गोलको हार ब्यहोरेको हो । पहिलो हाफमा नै २ शून्य गोलले पछि परेको पोर्चुगलका लागि खेलको ७२ औं मिनेटमा रोनाल्डोले गोल गर्दै फर्किने संकेत देखाएका थिए । तर बाँकी समयमा गोल गर्न नसक्दा पोर्चुगल पराजित हुनु पर्‍यो ।

समूह ‘बी’ मा रहेको पोर्चुगलले ६ खेलबाट तीन खेलमा जित, दुई खेलमा बराबरी र एक खेलमा हारसहित ११ अंक बनाएर दोस्रो स्थानमा रहेको छ । युक्रेन भने सात खेलबाट ६ खेलमा जित र एक खेलमा बराबरी खेल्दै १९ अंकसहित शीर्ष स्थानमा रहंदै युरोकप २०२० मा छनोट भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७