‘नो ब्रा’ अभियानकी कोरियाली गायिका मृत्त फेला


२८ आश्विन २०७६, मंगलवार
singer

काठमाडौं, २८ असोज । ‘नो ब्रा मुभमेन्ट’ अर्थात् ब्रा नलगाउने अभियान चलाएर विश्वभर चर्चा कमाएकी दक्षिण कोरियाकी पप गायिका मृत अवस्थामा फेला परेकी छन् । राजधानी सोल नजिकै रहेको आफ्नै घरमा गायिका सुली सोमबार मृत्त फेला परेकी हुन् ।

उनका म्यानेजरले घरको दोस्रो तलामा मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । उनले आत्महत्या गरेको अनुमानमा अनुसन्धान अघि बढाइएको कोरियाली प्रहरीले जनाएको छ । यद्यपि घटनास्थलमा सुसाइड नोट भने फेला परेको छैन ।

२५ वर्षीया सुलीको वास्तविक नाम चोप जिन–रि हो । उनले दक्षिण कोरियामा ब्रा लगाउने –नलगाउने कुरा महिलाको निजी मामिला एवम् स्वतन्त्रताको कुरा हो भन्ने सन्देश फैलाएकी थिइन् ।

यसरी शुरु भएको थियो ‘नो ब्रा’ अभियान
सुलील आफ्नो इन्स्टाग्राममा ब्रा नलगाई खिचेको फोटो पोष्ट गरेपछि प्रशंसा र आलोचना दुवै भएको थियो । इन्स्टाग्राममा रहेका उनका लाखौं फलोअर्सले पनि उनलाई साथ दिएपछि ‘नो ब्रा’ ह्यासट्याग ट्रेन्डिङमा आएको थियो ।

आफ्नो शरीर कसरी देखाउने भन्ने कुरा आफ्नो स्वतन्त्रताको कुरा भएको बताउने उनले मे २०१६ मा पहिलोपटक ब्रा नलगाएको फोटो इन्स्टाग्राममा सार्वजनिक गरेकी थिइन् । ब्रा नलगाइ खिचिएका तस्वीर र भिडियोहरुमा निप्पल देखिएको भन्दै उनको धेरै आलोचना समेत भएको थियो ।

यद्यपि प्रभावशाली नारी स्वरका रूपमा परिचित सुलीका समर्थकहरुको संख्या पनि बढ्दै गएको थियो । धेरैले उनलाई साथ दिँदै ब्रा नलगाएका आफ्ना तस्वीरहरु सामाजिक सञ्जालमा सेयर गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७