काठमाडौं जयवागेश्वरीमा हिंडिरहेका व्यक्तिमाथि खुकुरी प्रहार


२८ आश्विन २०७६, मंगलवार
khukuri MN85r28Atr
सांकेतिक तस्विर

काठमाडौं, २८ असोज । काठमाडौंको जयवागेश्वरीमा सडकमा हिंडिरहेका एक व्यक्तिमाथि खुकरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।

फूलपातीका दिन सडकमा हिडिरहेका नरेश देउजालाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा मंगलबार काठमाडौंको सिनामंगलस्थित सुकुम्बासी बस्तीबाट विक्रम लिम्बूलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका लिम्बूले व्यक्तिगत रिसइवी साँध्न खुकुरी प्रहार गरेको भन्ने बयान दिएको महानगरीय प्रहरी परिसरका काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएका छन् । घाइते देउजाको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७