नेपाल प्रहरीमा साढे तीन हजार दरबन्दी थपियो, कुन पदमा कति ? (सूचीसहित)


२८ आश्विन २०७६, मंगलवार
nepal police 1

काठमाडौं, २८ असोज । नेपाल प्रहरीमा तीन हजार ५९६ दरबन्दी थप भएको छ । गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै मन्त्रिपरिषद बैठकले प्रहरी थप गर्ने निर्णय गरेको हो ।

दरबन्दी स्वीकृत भएसँगै कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयलाई पत्राचार समेत गरिसकिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

कुन–कुन पदमा थपियो दरबन्दी ?
नेपाल प्रहरीमा थपिएको दरबन्दीमा तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), चार जना प्रहरी उपरीक्षक (एसपी), २१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी निरीक्षक (इन्स्पेक्टर) ४७ रहेको जनाइएको छ । एसएसपी बढुवा गरेर गौतम बुद्ध विमानस्थल सुरक्षा, समुदाय प्रहरी साझेदारी कार्यक्रम र ब्याण्ड बाजाको नेतृत्व दिने प्रहरी तयारी छ ।

यस्तै थप अन्य दरबन्दीमा प्रहरी नायब निरीक्षक (सई) ८६, प्रहरी सहायक निरीक्षक (असई) २९७, प्रहरी हवल्दार ६८३, प्रहरी जवान दुई हजार २१६ र कार्यालय सहयोगी तीन हजार ५९६ छ ।
थप गरिएको दरबन्दी जनपद र प्राविधिक दुवै रहेको जनाइएको छ । प्राविधिकतर्फ १२९ जनाको दरबन्दी थपिएको छ । एसएसपी एक, एसपी दुई, डीएसपी १२, इन्सपेक्टर २० लगायत गरी १२९ जनाको दरबन्दी थपिएको छ ।

समय अनुकूल संगठन चुस्त बनाउने, स्रोत, साधन विकास गर्ने क्रममा जनशक्ति विकास पनि सन्तुलित अपरिहार्य बनाउने उद्देश्यले थप दरबन्दी भएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले बताएका छन् । उनले भने, ‘थपिएका दरबन्दी भर्ना र बढुवा प्रक्रियाबाट पदपूर्ति हुन्छ ।’
हाल प्रहरीमा जनपद र प्राविधिक गरी ७५ हजार ९२७ दरबन्दी छ । तीमध्ये करिब ४ हजारको अझै पदपूर्ति हुन सकेको छैन ।

हेर्नुस् कुन पदमा कति दरबन्दी थपियो ?

police 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७