शेयर बजारमा सुधार ५ अंकले बढ्यो नेप्से


२८ आश्विन २०७६, मंगलवार
stock nepse market Nepal

काठमाडौं, २८ असोज । मंगलबार शेयर बजारमा सामान्य सुधार देखिएको छ। लगातार ओरालो लागेको शेयर बजार आज ५.०८ अंकले बढेर ११४२.०४ अंकमा पुगेको हो।

यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि बढेको छ। सेन्सेटिभ इन्डेक्स १.०५ अंकले बढेको हो।

नेप्से सूचक बढेपनि कारोबार रकम भने बढेको छैन। दिनभरीमा जम्मा २२ करोड २४ लाख ५२ हजारको कारोबार भएको छ।

१ सय ५१ कम्पनीको शेयर कारोबार भएको आज ७ लाख ६५ हजार कित्ता शेयर किनबेच भएको छ। नेप्से अंक बढेसँगै सबै उपसूचक सकारात्मक देखिएका छन् ।आज सबैभन्दा बढी जीवन बीमाको सूचक बढेको छ।

बीमा उपसमूहको शेयर ३१.१५ अंकले बढ्दा होटलको शेयर १७.३३ अंकले बढेको छ। यस्तै, बैंकको ४.५२, विकास बैंकको शेयर ८.२ अंकले बढेको छ।

आज सबैभन्दा बढी सिद्धार्थ बैंकको शेयर कारोबार भएको छ। बैंकको शेयर ४ करोड ७ लाख ७४ हजारको कारोबार भएको छ।

यस्तै दोस्रोमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर ३ करोड ६९ लाख ६० हजारको कारोबार भएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७