बिदेशमा मृत्यु भएका मल्लका परिवारलाई सन नेपाल लाईफद्वारा १४ लाख भुक्तानी


२८ आश्विन २०७६, मंगलवार
72819659 526419381486868 4012967792113352704 n

काठमाडौं,२८ असोज । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले म्यादी जीवन बीमा गरी बैदेशिक रोजगारीमा गई मृत्यु भएका दाङ्का एक मानिसको पीडित परिवारलाई मृत्यु बीमा दावी भुक्तानी बापत १४ लाख रुपैयाँ प्रदान गरेकोछ ।

सोमबार दाङको लमही उपशाखामै आयोजित कार्यक्रममा प्रमुख अतिथि लमही नगरपालीकाका प्रमुख कुलबहादुर के.सीले मृतक शेर बहादुर मल्लकी श्रीमतीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।बैदेशिक रोजगारीमा गएका मल्लले २०७५ कात्तिक १४ गते ५ हजार ३३० रुपैयाँ प्रिमियम बुझाई बैदेशिक रोजगार म्यादी जीवन बीमा गराएका थिए । उनको कामको सिलसिलामा गत साउन २२ गते विदेशमा मृत्यु भएको थियो ।

सोमबार आयोजित कार्यक्रममा मृतककी श्रीमती अस्मिता मल्लले रकम बुझेकी छिन् । उनका एक छोरा छन् । कार्यक्रममा दाङ शाखाका प्रमुख मोतिलाल भट्टराईसहितको उपस्थिति रहेको थियो । बीमा अभिकर्ता रेशम बहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा मेयर केसीले जीवन बीमा अपरिहार्य भएको बताउँदै गाउँ गाउँमा जनचेतना फैलाउनुपर्नेमा जोड दिए । साथै उनले बीमा बापत प्राप्त रकम बालबच्चाको उच्च शिक्षामा लगानी गर्नुको साथै राम्रो काममा लगाउन आग्रह गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७