एनआईसी एशिया बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेश ग्रुपमा विशेष छुट


२८ आश्विन २०७६, मंगलवार
Siddhartha group of hospitality NIC ASIA agreement pic

काठमाडौं, २८ असोज । एनआईसी एशिया बैंक र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिट्यालिटी प्रा.लि.बीच एनआईसी एशिया बैंकका ग्राहकहरुलाई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट दिने सम्झौता भएको छ ।

एनआईसी एशिया बैंकका ग्राहकहरुले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिट्यालिटीको मुलुकभर रहेका २३ वटा होटल तथा रेष्टुरेन्टका आउटलेटहरुमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने छ । बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे र सिद्धार्थ बिजनेश ग्रुपको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण न्यौपानेले हस्ताक्षर गरे ।

बैंकको मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३७५ एटिएम, ८४ वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७