शिक्षा र स्वास्थ्यको विकासमा लाग्छु : मन्त्री पोखरेल


१० पुष २०७४, सोमबार

बर्दिवास : विना विभागीयमन्त्री एवम् महोत्तरी–१ बाट निवाचित प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलले सामाजिक न्यायसहितको मुलुकको समृद्धि र अग्रगमनका लागि जीवनभर लागिरहने प्रतिबद्धता जनाएका छन् ।

giriraj mani pokharel 30122016082507आइतबार साँझ महोत्तरीको बर्दिवासमा आयोजित पत्रकार भेटघाटमा नेकपा (माओवादी केन्द्र) का नेता समेत रहेका मन्त्री पोखरेलले संविधान कार्यान्वयन र यसको सर्वस्वीकार्यताका लागि समर्पित रहने बताए । मानव विकास सूचकाङ्कमा पछिपरेको महोत्तरी जिल्लामा शिक्षा, स्वास्थ्य र अन्य विकासका पूर्वाधारमा आम जनताको पहुँच बढाउन आफ्नो निरन्तर प्रयत्न रहने मन्त्री पोखरेलको भनाइ छ । विगतमा शिक्षामन्त्री रहिसकेका पोखरेलले आधारभूत विद्यालयमा नैतिक शिक्षालाई पाठ्यक्रममा राखिनुपर्ने धारणा राखे । आपूm चुनावअघि कुनै दलको उम्मेद्वार रहे पनि निर्वाचित भएपछि सबैको साझा प्रतिनिधि भएकाले सोहीअनुरुप आमजनता र राष्ट्रको सर्वाङ्गिण हितमा लागिपर्ने पोखरेलले बताए ।

पछिल्लो राजनीतिक जटिलताबारे पत्रकारको जिज्ञासामा मन्त्री पोखरेलले मुलुकको राजनीतिक निकासका लागि प्रधानमन्त्रीले दलको सहमतिमा राष्ट्रियसभासम्बन्धी व्यवस्था परिमार्जित गर्न पहलकदमी लिनुपर्ने विचार राखेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७