संखुवासभाको भोटखोलाबाट पाँच किलो सुनसहित भरिया पक्राउ


२८ आश्विन २०७६, मंगलवार
bhot khola sun

काठमाडौं, २८ असोज । तिब्बतसँग सिमा जोडिएको संखुवासभाको भोटखोला गाउँपालिका-२ बाट प्रहरीले पाँच किलो सुनसहित एक जना भरियालाई पक्राउ गरेको छ।


जिल्ला प्रहरी कार्यालय संखुवासभाको टोलीले मंगलबार साँझ सुनसहित भरियालाई पक्राउ गरेको हो। एक नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ठाकुर ज्ञवालीका अनुसार पक्राउ पर्नेमा खाँदबारी-१ का २६ वर्षीय तोप्चेन भोटे छन्।

भोटखोला गाउँपालिका तिब्बतसँग जोडिएको गाउँपालिका हो। प्रहरीले उनलाई पक्राउ गरी सदरमुकाम खाँदबारी ल्याइएकाे छ।

भोटेको साथबाट सुनसहित नगद ३८ हजार ८० रुपैयाँ र केही चिनियाँ मुद्रासमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

भोटेलाई चेपुवा प्रहरी चौकीबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा तोप्चेनले बोकेको झोलामा उक्त सुन र नगद फेला परेको बताईएको छ ।

पक्राउ परेका भोटेलाई सदरमुकाम खाँदबारी ल्याउन थप जनशक्ति त्यस तर्फ पठाईएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक मिमबहादुर लामाले जानकारी दिए । ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७