राष्ट्रका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…


२९ आश्विन २०७६, बुधबार
mahara 5

काठमाडौं, २९ असोज । यौन दुर्व्यवहार आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पद मात्र गुमाएनन्, प्रहरी हिरासतमै पुगेका छन् । उनी तत्कालीन माओवादीबाट दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

–कांग्रेसका तर्फबाट रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित मोहमद अफ्ताब आलम १२ वर्षअघिको घटनामा तानिएका छन् । आइतबार पक्राउ परेका उनी पनि हिरासतमै छन् । पहिलो संविधानसभा चुनावका बेला बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर मारेको अभियोग उनलाई लागेको छ ।

–राष्ट्रिय जनता दल (राजपा) का तर्फबाट सर्लाही निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रमोदकुमार साहलाई मंगलबार मात्रै प्रहरीले पक्राउ गरेको छ । जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोप उनमाथि लागेको छ ।

कानुन बनाउने महत्वपूर्ण जिम्मेवारीमा रहेका जनप्रतिनिधि एकपछि अर्काे गरी पक्राउ पर्न थालेका छन् । यौन दुर्व्यवहारदेखि व्यक्ति हत्या जस्ता जघन्य अपराधमा तानिनुले नेताहरूमा नैतिकताको प्रश्न उठ्न थालेको छ ।

सांसद नै एकपछि अर्का कानुन विपरीतका कार्यमा संलग्न भएका घटना सार्वजनिक हुनुले सार्वभौम संसद्कै बदनामी भइरहेको विश्लेषक बताउँछन् । सांसदहरूको गैरकानुनी कार्यले राजनीतिप्रति गलत सन्देश गइरहेको टिप्पणी हुँदै आएको छ । अन्नपूर्ण पोष्ट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७