पशुपतिमा फेला पर्‍यो ४५ किलो सुन


२९ आश्विन २०७६, बुधबार
pashupatinath

काठमाडौं, २९ असोज । पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य फेला परेको छ ।

यसअघि पशुपति क्षेत्र विकास कोषले वर्ष दिन लगाएर तयार पारेको प्रतिवेदनमा ५६ वर्षको अवधिमा ९ किलो मात्र सुन देखाएको थियो । हालसम्म चढाइएको सुन ९ किलो मात्र भनेर समाचार प्रकाशित भएपछि सर्वत्र विरोध भएको थियो ।

त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत गठित श्रीपशुपतिनाथ सम्पत्ति संरक्षण तथा गुठीजस्ता अध्ययन एवं छानबीन समितिले पुनः खोजी गर्दा सुनको यो तथ्य फेला परेको हो । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७