साढे चार किलो चरेससहित गोंगबुबाट दुई युवा पक्राउ


२९ आश्विन २०७६, बुधबार
pakrau

काठमाडौं, २९ असोज । साढे चार किलो चरेससहित काठमाडौंको गोंगबुबाट जाजरकोटका दुई युवा पक्राउ परेका छन् ।

उनीहरुलाई गए राति पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी उमेश मैनालीले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा जाजरकोटको नलगाढ नगरपालिका–१ घर भई अहिले चन्द्रागिरी नगरपालिका–१० थानकोट बस्ने २३ वर्षीय भुवन बुढामगर र जाजरकोटको नलगाढ नगरपालिका–३ घर हाल थानकोट बस्ने २८ वर्षीय नविनप्रकाश पुन रहेको डीएसपी मैनालीले बताएका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७