नेकपा संगठन विभागमा शाक्य, ढकाल र अधिकारी थपिए

कात्तिक १० गतेभित्र उम्मेद्वारहरुको नाम सिफारिस गर्न निर्देशन


२९ आश्विन २०७६, बुधबार
nekapa

काठमाडौं, २८ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संगठन विभागमा तीन जना थप गरेको छ ।

बुधबार बसेको सचिवालय बैठकले अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई थप गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । यसअघि संगठन विभागको प्रमुखमा वामदेव गौतम र उपप्रमुखमा जनार्दन शर्मा ‘प्रभाकर’ मात्र थिए ।

तीन जना सदस्य थपिएसँगै नेकपाको संगठन विभाग पाँच सदस्यीय बनेको छ । यद्यपि, यसले पूर्णता पाउन अझै बाँकी रहेको प्रवक्ता श्रेष्ठले बताएका छन् ।

कात्तिक १० गतेभित्र उम्मेद्वारहरुको नाम सिफारिस गर्न निर्देशन
नेकपाको बुधबारको सचिवालय बैठकले आगामी उपनिर्वाचनका लागि कात्तिक १० गतेभित्र उम्मेद्वारहरुको नाम सिफारिस गरी केन्द्रमा पठाउन प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सम्बन्धमा सम्बन्धित निर्वाचन क्षेत्रस्तरको कमिटी र जिल्ला कमिटीसँग परामर्श गरी ३ जनाको नाम सिफारिस गरि कात्तिक १० गतेभित्र केन्द्रमा पठाउन प्रदेश कमिटीलाई निर्देशन दिएको हो ।

निर्वाचन क्षेत्रिय कमिटी नबनेको स्थानमा जिल्ला कमिटीले सिफारिस गर्ने तथा प्रदेशसभाको सदस्यको हकमा पनि त्यही कुरा लागू गर्ने निर्णय बैठकले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
स्थानीय नगरपालिका वा गाउँपालिकाहरुको मेयर–उपमेयर, अध्यक्ष–उपाध्यक्षको उम्मेद्वारका लागि भने सम्बन्धित गाउँ वा नगरकमिटी र जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्ने पनि उनले जानकारी दिए । वडाको हकमा सम्बन्धित वडा कमिटी वा गाउ नगरकमिटीको सिफारिसमा जिल्ला कमिटीले उम्मेदवारको चयन गर्न सक्ने गरि बैठकले निर्णय गरेको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७