नेकपाको चियापान शुरु, भृकुटीमण्डप ‘पार्टीको झण्डाले ‘झिलिमिली’

के–के छन् खानेकुराका मेन्यू ?


२९ आश्विन २०७६, बुधबार
CKK KTMPMoli

काठमाडौं, २९ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले बडादशैं, तिहार, नेपाल संवत, छठलगायत पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम शुरु भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा जारी चियापान कार्यक्रममा नेकपाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ । चियापान कार्यक्रममा सहभागी हुन नेता कार्यकर्ता लाइनबद्ध हुन थालेका छन् । आगन्तुकलाई नेकपाका शीर्ष नेताहरुले स्वागत गरिरहेका छन् ।

कार्यक्रमको व्यवस्थापनका लागि पार्टीले आवश्यक स्वयंसेवक परिचालन गरेको छ । चियापान समारोहको सुरक्षाका लागि नेपाल प्रहरीले पनि पर्याप्त मात्रामा जनशक्ति खटाएको छ । कार्यक्रममा विभिन्न जनसांस्कृतिक टोलीले प्रस्तुति दिइरहेका छन् ।

पार्टीका महासचिव विष्णु पौडेलका अनुसार अपराह्न १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा आम जनसमुदायलाई र अपराह्न ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेता, मन्त्री तथा सांसद, संवैधानिक अङ्गका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, सेवानिवृत्त पदाधिकारीलाई आमन्त्रण गरिएको छ ।

CKK KTm
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्वीर : रासस

मुलुकको बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता, साझेदारी र सहकार्यको मौलिक विशेषतासँगै लामो समयदेखि चल्दै आएको चाडबाड तथा संस्कृतिले नेपाली नेपालीबीचको एकतालाई अझ मजबुत बनाउने उद्देश्यले नेकपाले हरेक वर्ष कार्यक्रम गर्दै आएको छ ।

चियापान कार्यक्रममा एक लाख बढीको सहभागिता हुने जनाइएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का नामबाट निमन्त्रणापत्र पठाई सकिएको थियो ।

के–के छन् खानेकुराको मेन्यू ?
चियापानका लागि अपर्ण ब्यांकेटले खास्टाकचौरी, निम्की, लड्डु, केरा र चियाको व्यवस्था गरेको छ । ३५ हजार हाराहारीलाई पुग्ने गरी चियापानको तयारी गरिएको जनाइएको छ ।

१२० जना कर्मचारी ब्यांकेटले खटाएको छ । चियापानका लागि ३ दिनदेखि सो खानेकुरा तयारी गरिएको ब्यांकेटका ब्यवस्थापक रबिन्द्र हुमागाईले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७