उपनिर्वाचन पछि मात्र मन्त्रिमण्डल पुनर्गठन : वरिष्ठ नेता नेपाल


२९ आश्विन २०७६, बुधबार
madhav nepal

काठमाडौं, २९ असोज । चाँडै नै मन्त्रिमण्डल फेरबदल हुने चर्चा चलिरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले उपनिर्वाचनअघि मन्त्रिमण्डल पुनर्गठन नहुने बताएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले मन्त्रपरिषद पुनर्गठन गर्दा उपनिर्वाचन प्रभावित हुने भएकाले पनि तत्काल मन्त्रिमण्डलमा फेरबदल नहुने बताएका छन् ।

मन्त्रिपरिषद पुनर्गठनको चर्चा चलिरहेका बेला पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा नेता नेपालले भने ‘अहिले मन्त्रिपरिषद हेरफेर हुँदैन, अहिले गर्‍यो भने उपचुनाव प्रभावित हुन्छ ।’

प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तहमा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । अहिले उपनिर्वाचन तयारीका लागि निर्वाचन आयोगसँगै राजनीतिक दलहरु समेत लाग्न थालेका छन् । अहिले उपनिर्वाचन हुने ठाउँहरुमा चुनावी चर्चा शुरु भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७