तस्विरमा यस्तो देखियो नेकपाको चियापान कार्यक्रम (फोटो फिचर)


२९ आश्विन २०७६, बुधबार
Nepal communist party

काठमाडौं, २९ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले बडादशैं, तिहार, नेपाल संवत, छठलगायत पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम भव्य बनेको छ ।

काठमाडौंको भृकुटीमण्डप आयोजित चियापान कार्यक्रममा नेकपाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो । आगन्तुकलाई नेकपाका शीर्ष नेताहरुले स्वागत गरिरहेका थिए ।
कार्यक्रमको व्यवस्थापनका लागि पार्टीले आवश्यक स्वयंसेवक परिचालन गरेको थियो ।

चियापान समारोहको सुरक्षाका लागि नेपाल प्रहरीले पनि पर्याप्त मात्रामा जनशक्ति खटाएको थियो । कार्यक्रममा विभिन्न जनसांस्कृतिक टोलीले प्रस्तुति दिएका छन् ।

पार्टीका महासचिव विष्णु पौडेलका अनुसार अपराह्न १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा आम जनसमुदायलाई र अपराह्न ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेता, मन्त्री तथा सांसद, संवैधानिक अङ्गका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, सेवानिवृत्त पदाधिकारीलाई आमन्त्रण गरिएको छ ।

मुलुकको बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता, साझेदारी र सहकार्यको मौलिक विशेषतासँगै लामो समयदेखि चल्दै आएको चाडबाड तथा संस्कृतिले नेपाली नेपालीबीचको एकतालाई अझ मजबुत बनाउने उद्देश्यले नेकपाले हरेक वर्ष कार्यक्रम गर्दै आएको छ ।

चियापान कार्यक्रमलाई प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाललगायतले सम्वोधन गरेका थिए ।
हेर्नुस् तस्विर

chiya pan 4
chiya pan 3
chiya pan 5
chiya pan 6
chiya pan 1
chiya pan 2
CKK KTM Sahavagiharu
CKK KTM PMOlilagayt
CKK KTM PMSambodhan
CKK KTMPMParchand
CKK KTM Sahavagihar

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७