तीन करोडको सुनसहित पक्राउ परेका भरिया प्रहरीद्वारा सार्वजनिक


२९ आश्विन २०७६, बुधबार
bhot khola sun 1 1

संखुवासभा, २९ असोज । तीन करोड मूल्य बराबरको पाँच किलो सुनसहित पक्राउ गरेका एक भरियालाई आज संखुवासभा प्रहरीले सार्वजनिक गरेको छ ।

तिब्बतसँग सीमा जोडिएको संखुवासभाको भोटखोला गाउँपालिका–२ बाट प्रहरीले खाँदबारी–१ का २६ वर्षीय तोप्चन भोटेलाई पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाको टोलीले मंगलबार साँझ उनलाई सुनसहित पक्राउ गरेको थियो । भोटखोला गाउँपालिका तिब्बतसँग जोडिएको गाउँपालिका हो । प्रहरीले उनलाई पक्राउ गरी सदरमुकाम खाँदबारी ल्याइएको छ । भोटेको साथबाट प्रहरीले सुनसहित नगद ३८ हजार ८० रुपैयाँ र केही चिनियाँ मुद्रा समेत बरामद गरेको थियो ।

भोटेलाई चेपुवा प्रहरी चौकीबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा झोलामा उक्त सुन र नगद फेला पारेको थियो । छुर्पी राखिएको झोलाको तल्लो भागमा सुन लुकाएर राखेको अवस्थामा फेला परेको थियो । बरामद पाँच टिल सुन असोज २५ गतेको भाउ अनुसार तीन करोड सात हजार पाँच सय रुपैंयाँको रहेको जनाइएको छ ।

भोटेबाट बरामद भएको सुन असली नै भएको परीक्षणबाट खुलेको छ । पक्राउ परेका भोटे र बरामद सुन आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइने संखुवासभा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७