सानिमा बैंक एजीएमः १० प्रतिशत वोनस शेयर र ११ प्रतिशत नगद लाभांश वितरण गर्ने


२९ आश्विन २०७६, बुधबार
15th AGM 82dGd1fNZP

काठमाडौं,२९असोज । सानिमा बैंक लिमिटेडले आश्विन २९ गते बुधबारका दिन १५ औं वार्षिक साधारण सभा सफलता पूर्वक सम्पन्न गरेको छ ।


बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पूँजीको १० प्रतिशत वोनस शेयर र ११।०५२६ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

आर्थिक वर्ष २०७५र७६ मा रु २.२६ अर्व खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु १०९.०६ अर्व, कुल निक्षेप रु ९२.२८ अर्व तथा खुद कर्जा सापटी रु ८३.४४ अर्व रहेको छ ।

आर्थिक वर्ष २०७४र७५ को तुलनामा खुद मुनाफा, निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश ३३.०२, १६.५४, २०.५०, र १८.७८ प्रतिशतले वृद्धि गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७