माछापुच्छ्रे बैंकमा ११५ जनालाई जागिरको अवसर


२९ आश्विन २०७६, बुधबार
Machhapuchhere

काठमाडौं, २९ असोज । माछापुच्छ्रे बैंकले २५ म्यानेजमेन्ट ट्रेनी सहित ११५ जना कर्मचारीको लागि आवेदन खुल्ला गरेको छ ।
बैंकले काठमाडौं उपत्यका भित्र वा बाहिरको लागि २५ जना म्यानेजमेन्ट ट्रेनी र ९० जना जुनियर एसिटेन्ट पदको लागि आवेदन खुल्ला गरेको छ ।

बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि व्यवस्थापनमा स्नातोत्तर तह उतिर्ण गरेको हुनुपर्ने छ । यस्तै अर्थशास्त्रमा ६० प्रतिशत वा सिजिपिएमा ३.२५ भन्दा बढि ल्याउनेले आवेदन दिन पाइने प्रष्ट पारेको छ । यस्तै, जुनियर एसिटेन्टका लागि व्यवस्थापनमा स्नातक वा सो सरह कम्तीमा ५५ प्रतिशत ल्याइ उतिर्ण गरेको हुनुपर्ने बैंकले बताएको छ ।

बैंकमा आवेदन दिन चाहनेले बैंकको वेबसाइटमा गएर अनलाइन फर्म भर्न सकिने छ । बैंकले कार्तिक १३ भित्रमा आवेदन दिनुपर्ने बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७