‘एमाले र माओवादीबीच दूरी बढाउने प्रयास सफल हुँदैन’


१० पुष २०७४, सोमबार
Bishnu Paudel

काठमाण्डौं : एमालेका उपमहासचिव विष्णु पौडेलले नेकपा एमाले र माओवादी केन्द्रबीच दूरी बढाउन अनेक प्रयासहरु भइरहे पनि यो प्रयास सफल नहुने बताएका छन् ।Bishnu Paudel

 

 

नेता पौडेलले एमाले–माओवादी केन्द्रबीचको एकतामा कुनै संशय नभएको स्पष्ट पारेका छन् । ‘हामीबीच दूरी बढोस् भन्ने चाहना राख्नेहरु धेरै छन् ।’ उनले राष्ट्रिय सभाको निर्वाचन प्रणालीमा पनि एमाले र माओवादीको धारणा समान रहेको दाबी गरे । ‘निर्वाचन प्रणालीमा हाम्रो एउटै धारणा छ’–पौडेलले भने–‘निर्वाचन प्रणालीकै कुरामा माओवादी र एमालेलाई विभाजित गराउन सकिन्छ भनेर लागेका छन् । त्यस्तो उर्जा अन्त लगाए हुन्थ्यो ।’ उनले एकता प्रक्रियाको निर्णय पनि ‘सरप्राइज’ शैलीमा हुने दाबी गरेका छन् ।

उनले माओवादी केन्द्रको सरकार गठनअघि नै पार्टी एकतामा ठोस निर्णयमा पुग्नुपर्ने निर्णयलाई अन्यथा नलिइएको टिप्पणी गरे । ‘एकता ढिला गर्नपुर्छ भन्ने हामीले कहाँ भनेको छ ? अविलम्ब गर्नुपर्छ’–पौडेलले भने–‘हिजो मान्छेहरूले सहमति र राष्ट्रिय सभागृहको कार्यक्रम देखेर ‘सरप्राइज’ भन्थे अब एकता प्रक्रिया पनि त्यही ढङ्गले टुङ्गिन्छ । कुनै ‘कन्फ्यूजन’ छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७