कानुन बनाउने नै कठघरामा, पाँच सांसद निलम्बनमा


३० आश्विन २०७६, बिहीबार
samsad

काठमाडौं, ३० असोज । प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरासहित पाँच जना सांसद पक्राउ परेका छन् । विभिन्न आरोपमा महरासहित पाँच सांसदलाई प्रहरीले नियन्त्रणमा लिएसँगै उनीहरु निलम्बनमा परेका छन् ।

२७५ सदस्य रहेको प्रतिनिधिसभामा एक सांसदको निधन र पाँच जना निलम्बनमा परेपछि सदस्य संख्या २६९ मा सीमित भएको छ ।

सांसद समेत रहेका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी फागुनमा निधन भएको थियो । यही मंसिर १४ गते त्यहाँ उपनिर्वाचन हुँदैछ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७