वैठकमै छापा हानेर विप्लवका दाजु चन्द्रबहादुर चन्दसहित २१ ठूला नेता पक्राउ


३० आश्विन २०७६, बिहीबार
chanda

दाङ, ३० असोज । नेपाल प्रहरीले दाङमा चलाएको अप्रेसनका क्रममा विप्लव समूहका २१ जना ठूला नेता पक्राउ परेका छन् ।

अपरेशनका क्रममा पक्राउ पर्ने विप्लव समूहका नेतामा मध्यपश्चिम ब्युरो कमाण्ड इञ्चार्ज चन्द्रबहादुर चन्द (बीरजंग) पनि रहेको खुलेको छ ।

प्रदेश–५ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले समूहको राप्ती ब्यूरो बैठकमा छापा हानी २१ जनालाई पक्राउ गरेको हो । त्यहाँबाट महत्वपूर्ण दस्तावेजसहित एकैपल्ट २१ जना ठूला नेतालाई पक्राउ गरिएको प्रदेश प्रहरीका प्रवक्ता डीएसपी नवराज पोखरेलले जानकारी दिएका छन् ।

उनले पक्राउ पर्नेको विवरण आउन बाँकी नै रहेको जनाएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका एक अधिकृतले पक्राउ पर्नेमा चन्द्रबहादुर पनि रहेको पुष्टि गरेका छन् । उनी पार्टी महासचिव नेत्रविक्रम चन्द (विप्लव) का दाजु हुन् ।

उनीसँगै पक्राउ पर्नेहरूमा केन्द्रीय सदस्य एवम् राप्ती व्यूरो इञ्चार्ज सुवास बाँठा, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटन जंगलीलगायत छन् । अहिले पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय दाङतर्फ ल्याइँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७