एक व्यक्तिको अन्धधुन्द बञ्चरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमानसहित दुई घाइते


३० आश्विन २०७६, बिहीबार
Death

मकवानपुर ३० असोज । मकवानपुरमा एक व्यक्तिले अन्धधुन्द बञ्चरो प्रहार गर्दा एक महिलाको ज्यान गएको छ । बञ्चरो प्रहारबाट मृत्तक महिलाको श्रीमानसहित दुई जना घाइते भएका छन् ।

मकवानपुरको बकैया गाउँपालिका–३, जलजलेका सुकबहादुर पाख्रिनले आपसी विवादका क्रममा बञ्चरो प्रहार गरी सन्तमाया लोको ज्यान लिएका हुन् । पाख्रिनको बञ्चरो प्रहारबाट घाइते सन्तमायालाई उपचारका लागि हेटौंडास्थित चुरेहिल अस्पताल लगिएको थियो । उपचारका क्रममा त्यहीं उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

पाख्रिनले प्रहार गरेको बञ्चरो मृतक लोको टाउकोसहित विभिन्न भागमा लागेको प्रहरीले जनाएको छ । पाख्रिनले सन्तमायासँगै उनका श्रीमान् कुलबहादुर र स्थानीय २६ वर्षीया दिवीमाया मोक्तानलाई पनि बञ्चरो प्रहार गरेका छन् ।

बञ्चरो प्रहारबाट दुवैको टाउको र निधारमा चोट लागेको र चुरेहिलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न पाख्रिनलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार, उनीमाथि अहिले थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७