महिला प्रहरीलाई बलात्कार गरेको आरोपमा प्रहरी नायब निरीक्षक पक्राउ


३० आश्विन २०७६, बिहीबार
Rape for nayapage

बाँके, ३० असोज । बाँकेमा कार्यरत एक जना प्रहरी नायब निरीक्षक सहकर्मी महिलामाथि बलात्कार गरेको आरोपमा छन् ।

नेपालगञ्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत प्रहरी नायब निरीक्षक बोमबहादुर रानामाथि एक जना महिला प्रहरी प्रशिक्षार्थीलाई बलात्कार गरेको आरोप लागेपछि उनी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी शिवबहादुर सिंहले पीडित प्रशिक्षार्थीको जाहेरीको आधारमा प्रहरी नायब निरीक्षक रानालाई पक्राउ गरी अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

असोज २६ गते आफूमाथि बलात्कार भएको व्यहोरासहितको जाहेरी दिएपछि सोही दिन नै प्रहरी नायब निरीक्षक रानालाई पक्राउ गरेर हिरासतमा राखिएको डिएसपी सिंहले बताएका छन् ।

असोज २७ गते जिल्ला प्रशासनबाट सात दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । प्रहरी स्रोतका अनुसार पक्राउ परेका प्रहरी नायब निरीक्षक राना र पीडित युवती नाताले साली भेना हुन् । उनले होटलमा खाजा खान भनि लगेर जबरजस्ती बलात्कार गरेको आरोप लगाएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७