एनआरएनएको नयाँ नेतृत्वका लागि मतदान शुरु, मेशिनले काम नगरेपछि कागजी मतदान

चार भोट बदर गरे अघि बढाइयो चुनावी प्रक्रिया


३० आश्विन २०७६, बिहीबार
NRNA election 1

काठमाडौं, ३० असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ ।

बिहीबार बिहान १० बजेबाट हायत होटलमा मतदान शुरु भएको हो । बुधबार मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दावी विरोधलगायतका काम सकिएको भए पनि साँझबाट शुरु हुने भनिएको मतदान रोकिएको थियो । संघका उपाध्यक्ष कुमार पन्त र कुल आचार्य दुई प्यानल बनाएर मैदानमा उत्रिएका छन् । निर्वाचनमा करीब दुई हजार चार सय मतदाता सहभागी हुनेछन् ।

बिहीबारसम्म तीन दिनसम्म चल्ने सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० प्रतिनिधि सहभागी छन् । हिजो भोटिङ मेशिनबाट मतदान शुरु गरिएको थियो । तर चार भोट खसेपछि मेशिनमा गड्बडी आएको थियो । मेशिनले काम नगरेपछि आज कागजी मतदान गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७