एनआरएनए मतदानस्थलमा फेरि अर्को ‘लफडा’, ‘फर्जी’ मतदाता घुसाएको आरोप
काठमाडौं, ३० असोज । गैरआवासीय गैरआवासीय नेपाली संघ एनआरएनको मतदानस्थलमा फेरि अर्को लफाडा मच्चिएको छ ।
निर्वाचन समितिले फर्जी (फेक) मतदातालाई समेत भोट हाल्न दिएको भन्दै कूल आचार्य समूहले विरोध गरेपछि मतदानस्थलमा फेरि तनाव शुरु भएको हो । आचार्य समूहले मतदान रद्द गर्न गर्न माग गर्दै नाराबाजी गरिरहेका छन् ।
एनआरएन चुनावी प्रक्रिया शुरु भएसँगै मतदानस्थलमा पटक–पटक तनावको अवस्था सिर्जना हुँदै आएको छ । बुधबार एनआरएनहरुले मतदानस्थलमा राखिएका कुर्सीहरु तोडफोड गरेका थिए ।
८१ देशका दुई हजार चार सय प्रतिनिधि सहभागी एनआरएनए विश्व सम्मेलनमा ४२ पदका लागि ७६ ले उम्मेदवारी दर्ता गराएका छन् ।
यसअघि विद्युतीय मेशिनबाट मतदान हुने भनिए पनि मेशिनमा समस्या आएपछि मतपत्रबाटै बिहीबार साढे ११ बजेदेखि मतदान शुरु भएको हो । अहिले तनाव र विवादका बीच पनि मतदान भने चलिरहेको सहभागीले जनाएका छन् ।