पूर्व राजालाई डा. भट्टराईको सुझाव : पद चाहिएको भए दल खोलेर चुनाव जित्नुस्

‘पारस र हिमानीलाई पनि चुनावमा उठाए हुन्छ’


३० आश्विन २०७६, बिहीबार
baburam 1

गोरखा, ३० असोज । समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले पद चाहिए दल खोलेर चुनाव जितेर देखाउन पूर्व राजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले केहि जनताले टीका थाप्दैमा राजतन्त्र नफर्किने र फर्किएको सपना नदेख्न समेत पूर्वराजा शाहलाई चेतावनी दिए ।

गृह जिल्ला गोरखा सदरमुकाममा आज (बिहीबार) समाजवादी पार्टीले आयोजना गरेको दशैं, तिहार र छठको शुभकामना आदाप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले जातीय र वंशीय परम्पराका आधारमा देश चलाउने प्रथाको अन्त्य भइसकेको बताएका छन् ।

उनले भने, ‘राजतन्त्र कुनै पनि हालतमा फर्कदैन । जातीय र वंशीय परम्पराको अन्त्य गरेर गणतन्त्र ल्याएका हौं, अब पछाडि फर्कने ठाउँ छैन ।’

अध्यक्ष भट्टराईले देश चलाउने इच्छा जागेको भए दल खोलेर चुनावी मैदानमा ओर्लन समेत पूर्वराजा ज्ञानेन्द्रलाई चुनौती दिए । उनले भने, ‘पारस र हिमानीलाई पनि चुनावमा उडाएर जित्नुस्, हामीलाई कुनै आपति हुँदैन ।’

उनले देश नयाँ यात्रामा रहेको हुँदा विकास र समृद्धिका लागि सबै दलहरुबीच सहकार्य र एकताको खाँचो रहेको औंल्याए । यस्तै डा. भट्टराईले आफूहरुको संविधान संशोधनको मागलाई सरकारले सुुनुवाइ नगरेको भन्दै सरकार छाड्ने तयारीमा आफूहरु रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७