चिया खाने वहानामा युवतीलाई कोठामा ल्याएर ढाेकाकाे चुक्कुल लगाएपछि…


३० आश्विन २०७६, बिहीबार
rape 1

काठमाडौं, ३० असोज । चिया खान बोलाएर एक युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।

कालीकोट खडाचक्र स्थायी घरभई हाल ललितपुर महानगरिपालिका–१५ सातदोबाटोमा बस्दै आएका दत्तबहादुर शाही पक्राउ परेका हुन् । 

शाहीले २२ वर्षीया एक युवतीलाई चिया खान जाउ भन्दै आफ्नो कोठामा लगि कोठाको चुकुल लगाएर यौन दुर्व्यवहार गरेको पीडित महिलाको भनाई छ । शाहीले दुव्र्यवहार गरेपछि पीडित महिला भागेर महानगरीय प्रहरी वृत्त सातदोबाटोलाई जानकारी गराएकी थिइन् ।

प्रहरीलाई जानकारी प्राप्त हुनसाथ असोज २७ गते राती ११ बजे शाहीको कोठामा प्रहरी गइ शाहीलाई तत्कालै नियन्त्रणमा लिइएको वृत्त प्रमुख डिएसपी गौतम मिश्रले बताए । शाहीलाई यौन दुर्व्यवहारमा म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको वृत्त प्रमुख मिश्रको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७