यी हुन् सेक्स चाहना नहुनुका मुख्य कारण


१० पुष २०७४, सोमबार
no

काठमाडौं : शारीरिक सम्पर्क मानिसका लागि आवश्यक र प्राकृतिक क्रियाकलाप हो । तर, कतिपयलाई भने शारीरिक सम्पर्कमा कुनै चाहना हुँदैन, जुन स्वाभाविक होइन । शारीरिक कमजोरीका कारण मानिस यस्तो समस्याबाट गुज्रिरहेको हुन्छ । यस्ता छन् सेक्स चाहना नहुनुका कारण ःno

  •  सेक्स गतिविधिप्रति इच्छा नहुनुका कारण शारीरिक र मानसिक दुवै हुन सक्छ । मानसिक कारणमध्ये डिप्रेसन सबैभन्दा प्रमुख कारण हो । कतिपय मानिसमा एग्जाइटी र पर्सनालिटी डिसअर्डरको कारण पनि यस्तो समस्या सिर्जना हुन सक्छ ।
  •  पार्टनर मन नपर्दा, उसका गन्ध या स्वभाव मन नपर्दा पनि यस्तो समस्या सिर्जना हुन सक्छ । तर, यस्तो समस्याको निराकरण भने गर्न सकिन्छ ।
  •  अण्डाशय, कलेजोमा आएको खराबी वा कुनै हर्मोनको गडबडीका कारण पनि मान्छेमा सेक्स चाहना नहुने समस्या हुन्छ । कुनै समय विशेष औषधि लामो समयसम्म प्रयोग गर्दा पनि यस्तो हुन सक्छ । यी शारीरिक कारण हुन् । त्यसैले, स्वास्थ्य जाँचपछि मात्र यसको कारण थाहा पाउन सकिन्छ ।
  •  यदि मानसिक कारणले यस्तो समस्या सिर्जना भएको थाहा पाएमा मनोचिकित्सकको सल्लाहअनुरूप उपचार गर्न आवश्यक हुन्छ ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७