कुमारी बैंकका ग्राहकले नेपाल ग्यास खरिद गर्दा छुट


३० आश्विन २०७६, बिहीबार
1571310923kumaribank

काठमाडौं, ३० असोज । कुमारी बैंक लिमिटेड र नेपाल ग्यास इन्डस्ट्री प्राइभेट लिमिटेडबीच आय संकलन सुविधासम्बन्धी सहकार्य भएको छ ।


सो सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी तथा नेपाल ग्याँस इन्डस्ट्रीका कार्यकारी निर्देशक गोकुल भण्डारीले हस्ताक्षर गरेका छन्।

सहयकार्यपछि नेपाल ग्याँसका वितरकले आफ्नो आम्दानी कुमारी बैंकको ‘क्यू आर पेमेन्ट’ प्रणालीमार्फत् आफ्नो बैंक खातामा संकलन गर्न सक्नेछन् ।
साथै ती विक्रेताहरूका लागी कुमारी बैंक लिमिटेड आधिकारिक पेमेन्ट पार्टनर हुनेछ ।

त्यससँगै कुमारी बैंकका ग्राहकहरूले प्रत्येक नेपाल ग्याँस खरिदको भुक्तानीमा ५० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्नसक्ने भएका छन्। उक्त क्यासब्याक सुविधा सम्झौता कार्तिक १ गतेदेखि लागु हुने बैंकले जनाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७