२०७६ कार्तिक १ गते शुक्रबारको तपाईको राशिफल


१ कार्तिक २०७६, शुक्रबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
वाक्चतुर्याईले सङ्कल्पसिद्ध हुनेछ । धार्मिक सामाजिक कार्यमा विशेष रुची रहनुका साथै सामाजिक पद प्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । शत्रु पक्ष भने सबल रहने भएकाले सजग रहनु उचित रहने देखिन्छ । पारिवारिक समस्या पनि आइपर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कला र गलाको प्रभाव बढ्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ । परिवारसँग रमाइलो भेटघाट हुनेछ । मठ मन्दिर तथा धार्मिक भ्रमण हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
नजिकका व्यक्तिबाट कार्यमा बाधा आउँला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । लगनशील भएमा कामहरू अगाडि बढ्ने छन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
बन्धु बान्धवबाट सहयोग मिल्ने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । पुनर्मिलनको योग रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
विचार गरेर निर्णय लिनु उचित होला । सौन्दर्यतामा अधिक धन खर्च हुनेछ । अनावश्यक झमेलामा परिएला । प्रेममा मनमुटाव रहन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । कला, साहित्य तथा संगीतमा रुची बढ्ने छ । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । धार्मिक यात्रा रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै राजनीतिक क्षेत्रबाट पनि सफलता हात पर्ने देखिन्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ । धार्मिक तथा समाज सेवामा मन लाग्ने छ । विद्याको क्षेत्र लाभदायी रहने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । दिनको उत्तरार्ध सुखद् रहने छ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत पनि बढ्ने छन् ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । लाभदायक यात्रा रहला । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । दिनको उत्तरार्ध सुखद रहने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज आत्मिक सन्तुष्टि मिल्ने छ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ । लाभदायक यात्रा रहने छ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७