ध्वाँसे चितुवा संरक्षणमा नेपाल उत्कृष्ट पाँचमा


१ कार्तिक २०७६, शुक्रबार
pate bagh

काठमाडौं, १ कार्तिक । नेपालको ध्वाँसे चितुवा संरक्षण परियोजना उत्कृष्ट पाँचमा पर्न सफल भएको छ । ‘युरोपियन आउटडोर कन्जर्भेसन एशोसिएसन’ ले विश्वभरबाट छानेको संरक्षण परियोजनामध्ये नेपालको परियोजना उत्कृष्ट पाँचमा परेको हो ।

उत्कृष्ट पाँच बाट सबैभन्दा उत्कृष्ट छनोट हुने क्रममा यति बेला विश्वभरबाट अनलाइन मतदान चलिरहेको परियोजना निर्माण गर्ने नेपालस्थित प्रकृतिका साथीहरू नामक संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले जानकारी दिए ।

‘कास्की जिल्लाको मादी गाउँपालिकामा करिब तीन वर्षअघि क्यामरा ट्रयापिङमा ध्वाँसे चितुवा देखिएपछि संरक्षणको पहल शुरु गरेका थियौं’, उनले थपे, ‘दिनभर नदेखिने ध्वाँसे चितुवा रातमा मात्र विचरण गर्ने हुँदा स्थानीयवासी पनि यसबारे अञ्जान छन् ।’

त्यसैले यस क्षेत्रमा ध्वाँसे चितुवा जोगाउँदै पर्यटन र संरक्षणमार्फत स्थानीयवासीको जनजीविका सहज बनाउने गरी परियोजना तयार गरेको उनले बताए । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७