एनआरएनए मतगणनास्थलमा मध्यरातमा हंगामा, प्रहरीद्वारा हस्तक्षेप


१ कार्तिक २०७६, शुक्रबार
Nrna election

काठमाडौं, १ कार्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) को मतगणनास्थल बिहीबार बाहिर अर्को हंगामा भएको छ ।

अध्यक्षका प्रत्यासी कुल आचार्य र उनका प्रतिनिधिलाई मतगणना भएको स्थलमा छिर्न नदिएको भन्दै उनका समर्थकले हंगामा मच्चाएका हुन् । उनीहरुले नाराबाजी गर्दै तोडफोडको प्रयास गरेपछि दुई पक्षीय झडप समेत भएको थियो ।

झपडपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो । तनावका कारण केहीबेर मतगणना नै प्रभावित बन्न पुगेको थियो । पटक पटकको विवादका कारण प्रभावित हुँदै आएको एनआरएनको मतगणनामा सुस्तता आएको छ । राति अबेरसम्म अन्तिम अतपरिणाम आइसक्ने अपेक्षा गरिए पनि विवादकै कारण शुक्रबार बिहानसम्म अन्तिम मतपरिणाम आइसकेको छैन ।

गैरआवासीय नेपालीको हर्कतका कारण नवौं विश्व सम्मेलन नै विवादित बन्न पुगेको छ । निर्वाचनमा नेकपा निकटबाट कुमार पन्त र कांग्रेस निकटबाट कुल आचार्यले प्यानल नै बनाएर चुनाव लडेका छन् । यस पटकको एनआरएनए निर्वाचन प्रवासी नेपालीहरुको समस्यामा भन्दा पनि दलीय भिडन्तमापरिणत भएको स्वयम सहभागीहरु बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७