बन्ने अत्तोपत्तो नभएको बूढीगण्डकीमा जनताबाट कर भने उठाएको उठाएकै


१ कार्तिक २०७६, शुक्रबार
budhi gandaki

काठमाडौं, १ कार्तिक । बूढीगण्डकी (१२ सय मेगावाट, जलाशययुक्त) स्वदेशी लगानीबाट बनाउने भन्दै सरकारले जनतासँग पेट्रोलियममा कर उठायो ।

उठ्यो ३५ अर्ब रुपैयाँभन्दा बढी । आयोजना भने अझै बन्ने–नबन्ने अत्तोपत्तो छैन । सरकारले बूढीगण्डकीका नाममा कर पनि उठाउन छाडेको छैन ।
आयल निगमका अनुसार घोषणा भएदेखि हालसम ३५ अर्ब ३२ करोड रुपैयाँ उठेको छ ।

पहिलोपटक प्रधानमन्त्री बनेका केपी शर्मा ओली नेतृत्वको सरकारले २०७२–७३ देखि ‘स्वच्छ उर्जा विकासका लागि बूढीगण्डकी जलविद्युत् अयोजना’ का नाममा पेट्रोल, डिजेल र हवाई इन्धनमा भन्सार बिन्दुमै जनही प्रतिलिटर पाँच रुपैयाँका दरले उठाउन शुरु गरेको हो । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७