देशैभरी सेटिङमा मिर्गौला व्यापार, अस्पताल सञ्चालककै मिलेमतो


१ कार्तिक २०७६, शुक्रबार
kidny

काठमाडौं, १ कार्तिक । मानव शरीरको महत्वपूर्ण अङ्ग मिर्गाैला (किड्नी) सेटिङमा बिक्री हुने क्रम रोकिएको छैन ।

दलाल र किन्ने व्यक्तिबीचको आपसी सम्झौतामा मिर्गौला नेपालसहित भारतका विभिन्न अस्पतालमा अवैधानिक तबरबाट बिक्री भइरहेको छ । हालै मात्र राजधानी काठमाडौंमै डाक्टर, अस्पताल सञ्चालककै मिलेमतोमा मिर्गाैला बेचबिखन गरेको घटना सार्वजनिक भएको छ ।

यसको सञ्जाल गाउँदेखि काठमाडौं र काठमाडौंदेखि भारतका शहरमा हुने गरेको छ । स्रोतका अनुसार काँकडभिट्टा–पानीटंकी, वीरगन्ज–रक्सौल, भैरहवा–सुनौली ओसारपसारका साझा बिन्दु हुन् ।

मुख्यतः घरपरिवारको खर्च जोहो गर्नका लागि न्यून आए भएकाहरू मिर्गौला दिन तयार हुने गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार ५ देखि १० प्रतिशतसम्म सबै खालको मिर्गौला प्रत्यारोपणका घटनामा प्रापकले अंग खरिदका लागि अन्य देशको भ्रमण गर्ने गर्छन् ।

राष्ट्रिय मानवअधिकार आयोगको मानव बेचबिखनसम्बन्धी प्रतिवेदनअनुसार गरिब परिवार नै मानव अङ्ग बेचबिखनबाट पीडित हुने गरेका छन् । बिचौलियाहरूले मिर्गौला प्रत्यारोपण गर्न चाहनेहरूलाई १ लाखदेखि ३ लाख रुपैयाँसम्म उपलब्ध गराउने आश्वासन दिने गरेको राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनले देखाउँछ ।

तर, प्रत्यारोपण गरिसकेपछि पीडितले २० हजारदेखि ३० हजार रुपैयाँसम्म पाउने गरेको प्रतिवेदनले देखाउँछ । मिर्गौला बिक्री गर्नेहरूको जालो बढ्दै गए पनि तथ्यांक एकीकृत हुन सकेको छैन । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७