कांग्रेस-फोरम समायोजन : अझै आएन गच्छदारका ११ जनाको नाम


१ कार्तिक २०७६, शुक्रबार
1507539941 bijaya sher

काठमाडौं, १ कार्तिक । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले गत निर्वाचनमा कांग्रेसमा समाहित भएको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट केन्द्रीय सदस्य हुने ११ जनाको नाम अझै उपलब्ध गराएका छैनन् ।

आफ्नो पार्टीलाई कांग्रेसमा समाहित गराएपछि फोरमका तत्कालीन अध्यक्ष गच्छदार कांग्रेस उपसभापति एवं संसदीय दलको उपनेता बनिसकेका छन् ।

यही असोज १० गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले केन्द्रीय समितिमा ११ जनासहित अन्य सांगठनिक संरचनामा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट समायोजन हुने संख्या, पद र अन्य कार्यविधि पारित गरेको थियो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘गच्छदारबाट ती नाम आएपछि हामी सार्वजनिक गर्नेर्छौ ।’कांग्रेस उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठित समायोजन समितिले तय गरेको संख्या, पद र विधिमा गत वर्ष महासमितिको बैठकमा सहभागी तत्कालीन फोरमका १४८ जना पर्यवेक्षकसहित २ सय जना महासमिति सदस्य हुने उल्लेख छ । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७