एनआरएनए निर्वाचन : एक हजार ६१० मतगणना, कुलप्रसाद आचार्य अगाडि


१ कार्तिक २०७६, शुक्रबार
kumar panta and kul archarya NRNA

काठमाडौं, १ कार्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

बिहीबार रातिदेखि शुरु भएको मतगणनामा केहीबेर अघिसम्म ओसिनिया र अफ्रिका क्षेत्रको गणना सकिएको निर्वाचन अधिकृत शिव रिजालले जानकारी दिएका छन् । यी क्षेत्रका एक हजार ६१० मत गणना सकिँदा कुलप्रसाद आचार्य अगाडि रहेको रिजालले जानकारी दिएका छन् ।

९ बजेसम्ममा मतगणना सकिने उनले बताएका छन् । बुधबार अबेर शुरु भएको मतदान भोटिङ मेशिनमा समस्या आएपछि बिहीबार बिहानसम्मका लागि स्थगित गरिएको थियो ।
फेरि, बिहीबार मतदाता नामावलीमा विवाद भएपछि मतदान प्रक्रिया ढिलो मात्रै शुरु भएको थियो । संघको नयाँ अध्यक्षमा कुमार पन्त र कुलप्रसाद आचार्य उम्मेद्वार छन् ।

२५ सदस्यीय कार्यसमितिका लागि ७५ जना उम्मेद्वार छन् । यस पटकको एनआरएनए निर्वाचन शुरुदेखि नै विवादै विवादमा अघि बढिरहेको छ ।

तोड्फोडदेखि कुसी भाँच्नेसम्मका घटनाले एनआरएनए चुनाव विवादरहित भने बन्न सकेन । यसपटकको चुनावमा प्रवासी नेपालीको समस्या भन्दा पनि दलीय प्रतिष्पर्धा बढी देखिएको स्वयम् प्रतिनिधिहरुले गुनासो गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७