विश्वका सैनिकको ध्यान चीनको उहानमा केन्द्रित


१ कार्तिक २०७६, शुक्रबार
wuhan WXzAFs65Gv
The Wuhan Sports Center

चीन, १ कार्तिक । विश्वका सैनिकको ध्यान यतिखेर महाशक्ति राष्ट्र चीनको उहानतर्फ केन्द्रित भएको छ । सातौं विश्व सैनिक खेलकुद प्रतियोगिता शुक्रबारदेखि यहाँ शुरु हुँदैछ । उक्त प्रतियोगितामा भाग लिन १०५ मुलुकका उच्चस्तरीय प्रतीरक्षा अधिकारी, सैनिक र खेलाडी उहान आइपुगिसकेका छन् ।

इन्टरनेशनल मिलिटरी स्पार्टस् काउन्सिल (सीआइएसएम) को समयन्वयमा यस पटकको गृष्मकालीन विश्व सैनिक खेलकुद प्रतियोगिता चिनियाँ जनमुक्ति सेनाले आयोजना गरेको हो । प्रत्येक चार वर्षमा हुने सो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिएको छ ।

विश्वका सैनिकबीच हुने यस खेल प्रतियोगितालाई ठूलो तथा शक्तिराष्ट्रले निकै चासोका साथ हेर्ने गरेको पाइन्छ । खेल विधामा ४० नेपालीसहित विश्वका १० हजार ७१९ सैनिक खेलाडीले यस प्रतियोगिता प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा गरिसकेको काउन्सिलका पदाधिकारीको आज बसेको बैठकमा जानकारी दिइयो । उहान शहर होलहरु अहिले विदेशी खेलाडीले भरिभराउ भएको छ ।

मस्कट ‘वीङवीङ’ अर्थात् समुद्री माछा चयन गरिएको यो प्रतियोगितालाई सातौं शान्ति खेलकुद नामाकरण गरिएको छ । नेपालसहित विश्वका १०५ मुलुकमा १० हजार ७१९ खेलाडीको सहभागिता रहेको यो सैनिक खेलकूद प्रतियोगिता कात्तिक १० गतेसम्म सञ्चालन हुनेछ ।

यस खेलकुद प्रतियोगितालाई ओलम्पिकपछिको दोस्रो ठूलो खेलकुद महोत्सवका रुपमा लिने गरिन्छ । प्रतियोगितामा दुई प्रदर्शनी खेलसहित २७ खेल समावेश गरिएको छ । यो प्रतियोगितामा विभिन्न विधा र समूहमा गरी ३२८ वटा प्रतिस्पर्धा हुनेछन् । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।

विश्व शान्ति कार्यमा व्यावसायिक, साहसिक र अनुशासित सुरक्षा फौजको रुपमा ख्याति कमाएको नेपाली सेना मुलुकको खेलकुद क्षेत्रको ‘राष्ट्रिय च्याम्पिन’ हो । उहान शहरको १२ वटा स्थानमा प्रतियोगिता सञ्चालन हुनेछ ।

प्रतियोगिता सञ्चालन हुने सबै स्थानमा मोटरबाट ३४० मिनेटभित्रै पुग्न सकिने दूरीमा रहने छन् । ट्राइथलन भने ७९ किलोमिटर क्षेत्रसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विजयी खेलाडीलाई प्रदान गरिने पदकलाई ‘शान्ति र मैत्रीका तारा’ नाम दिइएको छ भने ट्रफीलाई ‘शान्तिको प्रतीक’ को संज्ञा दिइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७