एनआरएनए मतगणना रोचक बन्दै, पछि परेका कुमार पन्तले लिए अग्रता

४० प्रतिशत मतगणना सकियो, कसले पाउँला नेतृत्व ?


१ कार्तिक २०७६, शुक्रबार
kumar panta and kul archarya NRNA 1

काठमाडौं, १ कार्तिक । विवादै विवादका कारण चर्चामा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) निर्वाचनको मतगण पनि रोचक बनेको छ ।

एक हजार ६१० मतगणना हुँदा पछि परेका अध्यक्षका उम्मेद्वार कुमार पन्त अहिले फेरि अगाडि आएका छन् । शुक्रबार विहानसम्ममा एनआरएनए निर्वाचनको ४० प्रतिशत मतगणना सकिएको जनाइएको छ । यद्यपि, निर्वाचन समितिले यसको आधिकारिक जानकारी भने दिइसकेको छैन ।

बिहीबार सम्पन्न निर्वाचनको शुक्रबार बिहानसम्ममा ४० प्रतिशत मतगणना सकिएको एनआरएनए स्रोतले जनाएको छ । निर्वाचनमा दुई हजार ३४१ मत खसेको थियो ।

जारी मतगणनामा कुमार पन्तले अग्रता लिएका छन् । एनआरएनए स्रोतका अनुसार पन्तले आफ्ना प्रतिष्पर्धी कुल आचार्यलाई ७० मतले पछि पारेका छन् । एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशन गत असोज २८ देखि शुरु भएको थियो । ३० गतेसम्मका लागि महाधिवेशन तय गरिएको भए पनि प्राविधिक तथा अन्य विवादका कारण सम्मेलन लम्बिएको छ ।

निर्वाचनमा शुरुमा विद्युतीय मेशिनबाट मतदान हुने भनिएता पनि विवाद भएपछि मतपत्र प्रयोग गरिएको थियो । निर्वाचनमा ४२ पदका लागि ७६ जना प्रतिष्पर्धी छन् । मतगणना सकिएपछि आगामी २ वर्षका लागि यी पदहरूको पूर्ति हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७