एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी


१ कार्तिक २०७६, शुक्रबार
Kumar panta

काठमाडौं, १ कार्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए ) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यलाई पछि पार्दै पन्त एनआरएनएको अध्यक्षमा विजयी भएका हुन् ।

यस्तै एनआरएनएको महासचिवमा हेमराज शर्मा, कोषाध्यक्षमा पन्त समूहकै महेशकुमार श्रेष्ठ विजयी भएका छन् । औपचारिक घोषणा भने अझै भइसकेको छैन । निर्वाचनमा नेकपा निकटबाट कुमार पन्त र कांग्रेस निकटबाट कुल आचार्यले प्यानल नै बनाएर चुनाव लडेका थिए ।

बिहीबार राति ११ बजेदेखि मतगणना शुरु भएको थियो । बुधबार विद्युतीय मेशिनबाट मतदान गर्ने तयारी गरिएको भए पनि मेशिनमा समस्या आएपछि कागजी प्रक्रियाबाट नै मतदान गरिएको थियो ।

आगामी दुई वर्षको नेतृत्व चयनका लागि भएको निर्वाचनमा दुई हजार ५७० मतदाता रहेकोमा २ हजार ३४० मत खसेको थियो । एनआरएनएको नवौं विश्व सम्मेलनमा ८१ देशका प्रतिनिधि सहभागी भएका थिए । यसपल्टको एनआरएनए सम्मेलन विभिन्न विवादका कारण चर्चामा समेत रह्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७