मन्त्रिणमण्डल हेरफेर गर्नेबारे मलाई नसोधी दिए हुन्थ्यो : प्रचण्ड


१ कार्तिक २०७६, शुक्रबार
Prachanda

धनगढी, १ कार्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्री हेरफेरका कुरा प्रधानमन्त्रीले आफूलाई नसोधी दिए हुन्थ्यो भन्ने लाग्ने गरेको बताएका छन् ।

मन्त्री हेरफेर गर्ने वा नगर्ने भन्ने प्रधानमन्त्रीको क्षेत्राधिकारको कुरा भएको समेत अध्यक्ष प्रचण्डले बताएका छन् ।

‘मन्त्री हेरफेरको कुरा मलाई नसोधी दिए हुन्थ्यो,’ शुक्रबार सुदुरपश्चिम प्रदेशको धनगढीमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले भने, ‘म पार्टी अध्यक्ष हो, मन्त्री हेरफेर गर्ने नै भए त प्रधानमन्त्रीले सल्लाह त गर्नु नै हुन्छ । तर मिडियामा आए जस्तो यो मन्त्री जाने भयो रे यो आउने भयो रे भन्ने कुरा भएको छैन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँगको छलफलमा मन्त्री हेरफेरबारे कुरा नगरे पनि मिडियामा चर्चा भइराखेको बताएका छन् । ‘मन्त्री हेरफेर गर्ने विषय ठोस कुरा भएको छैन,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७