१४ लाख मूल्यको १९ किलो चाँदीसहित युवक पक्राउ


१ कार्तिक २०७६, शुक्रबार
chadi

वीरगञ्ज, १ कार्तिक । सशस्त्र प्रहरीले बाराको सिम्रौनगढ नाकाबाट ठूलो परिमाणको अवैध चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।

भारतसँग सीमा जोडिएको सिम्रौनगढ नगरपालिका–६ सतुवाही नाकाबाट सशस्त्र प्रहरीले १४ लाख मूल्य बराबरको १९ किलो १ सय ग्राम चाँदीसहित बाराको साविकको बारागढी गाउँपालिका–६ का ३२ वर्षीय मुख्ती साहलाई पक्राउ गरेको हो ।

गोप्य सुराकीको आधारमा गोलागञ्जमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टबाट खटिएको प्रहरीको टोलीले साहलाई शुक्रबार बिहान ८ बजे १९ किलो एक सय ग्राम चाँदीसहित पक्राउ गरेको हो ।

भारतबाट बीआर ०६ एम १०६० नम्बरको भारतीय मोटरसाइकलमा चाँदी लिएर आइरहेको अवस्थामा साहलाई पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक मल्लले जानकारी दिएका छन् ।

बरामद चाँदी र मोटरसाइकलसहित साहलाई थप अनुसन्धान र कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरी बल १२ नम्बर गण बाराका सशस्त्र प्रहरी उपरीक्षक प्रकाश थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७