गुण्डा नाइके ‘बाघे’ लामा पक्राउ


१ कार्तिक २०७६, शुक्रबार
Baghe

काठमाडौं, १ कार्तिक । प्रहरीले गुुण्डा नाइके सुन्देश लामा ‘बाघे’ लाई पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले बालुवा बिक्रीमा ठगी गरेको आरोपमा लामालाई शुक्रबार स्वयम्भूबाट पक्राउ गरेको हो ।

त्यस्तै स्वयम्भू, महाराजगन्ज र बालाजुबाट प्रहरीले बाघेसहित १८ वटा बालुवा डिपोका सञ्चालकलाई पक्राउ गरेको छ । महाशाखाका अनुसार उनीहरुमाथि ठगी अभियोगमा अनुसन्धान भइरहेको छ ।
जेबिएस डिपोका सञ्चालक लामा यसअघि पनि विभिन अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७